English | Nepalese

स्वागतम्

दक्षिण—दक्षिणको सञ्जालमा सबैजनालाई स्वागत छ । यो सञ्जालले बालसंरक्षण र सुरक्षाको सवालमा परामर्श प्रदान गर्दछ । ऋजष्मिज्यउभ ग्प् र यसका साझेदार संस्थाहरु लामो समयदेखि बालसंरक्षण र सुरक्षा प्रणालीमा विशेषज्ञता हासिल गरेका छन् र उनीहरूले कार्यान्वयन गरेका बालसंरक्षण र सुरक्षासम्बन्धी क्रियाकलापहरुबाट बालबालिका लाभान्वित भएका छन् । ऋजष्मिज्यउभ ग्प् ले बालसंरक्षण र सुरक्षाको परामर्शका सम्बन्धमा हालका बर्षहरूमा साझेदार संस्थाहरुको विकासका लागि सहयोग गर्ने, सुरक्षाका मापकहरुको कार्यान्वयन र सबलिकरण गर्ने जस्ता कार्यहरु गरिरहेको छ । यस्ता प्रकारका कार्यहरुले जोखिममा परेका तथा पर्न सक्ने बालबालिकाको सहयोगका लागि टेवा पुग्नेछ र साझेदार संस्थाहरुले पनि आफ्ना अनुभवहरु बालबालिकाको संरक्षण र विकासमा बालसंरक्षण र सुरक्षाका प्रणालीहरु लागू गर्नेछन् ।

दक्षिण—दक्षिणको सञ्जालको परिचय

घटना अध्ययनहरु

हाम्रो सेवाहरू

साझेदारहरु

परामर्शको नमुनाः साथीदेखि साथीसम्म

ऋजष्मिज्यउभ ग्प् ले सँधै आफ्ना साझेदार संस्थाहरूसँग विविध प्रकारको सम्बन्ध विकास गर्न प्रयास गरेका छ । हाम्रो मुख्य काम आफ्नो उद्देश्य र कार्यसुची पूरा गर्न साझेदार संस्थाहरू पहिचान गर्नु भन्दा उनीहरूले काम गरिरहेको क्षेत्र र विषयमा क्षमता अभिवृद्धि गर्न सहयोग गर्नु रहेको छ । हाम्रा साझेदार संस्थाहरू अत्यन्तै जोखिममा परेका सीमान्तकृत बालबालिकाप्रति केन्द्रीकृत छन् जुन विषयमा अन्य संस्थाहरुले ध्यान दिन सकेका छैनन् । हामीले यिनै साझेदार संस्थाहरुको साथ र सहयोगमा जोखिम अवस्थामा रहेका बालबालिकासँग प्रभावकारी रूपमा काम गर्ने तरिकाहरू विकास गरेका छौँ । हामीले साझेदार संस्थाहरुको आफ्नै परिस्थिति र वातावरण अनुसारको सान्दर्भिक बाल संरक्षण नीति हुनुपर्दछ भनेर धेरै वर्षदेखि भनिरहेका छौँ र ती नीतिहरु बनाउन, सबलिकरण गर्न, नीतिहरुको पुनरावृत्ति गर्न र नीतिको कार्यान्वयन गर्न कर्मचारीहरुलाई तालिम दिने कार्यमा साझदार संस्थाहरुसँग काम गरेको छ ।


यसको अर्थ अहिले यी साझेदार संस्थाहरू बालसंरक्षण र सुरक्षासम्बन्धी सिप र क्षमताको सहितको तालिम प्राप्त गरी आफ्नै देश तथा क्षेत्रमा समान अवस्था भएका अन्य संस्थाहरुलाई तालिम प्रदान गर्न सक्षम छन् । साझेदार संस्थाहरु अन्य संस्थाहरूका लागि नियमित र उपयुक्त प्रकारको सहायताको विकास गर्न योग्य छन् । जुन देशहरूमा राम्रो बालसंरक्षण र सुरक्षाको अभ्यास कार्यान्वयन गर्न प्रयास गरिएको छ त्यहाँ वास्तवमा राम्रो बुझाई पनि रहेको छ । संरक्षण र सुरक्षा बालबालिका र वयस्कहरूको लागि एक मात्र राम्रो चीज हुन सक्छ जुन हामी सबैले यसैमा काम गरिरहेका छौँ ।


दक्षिण—दक्षिणको सञ्जालले गत बर्षबाट नै प्रभावकारी काम गरेको छ । सन् २०१८ मा ६ वटा देशका १३७ संस्थाहरुका ४३४ कर्मचारी लगायत संस्थाका सदस्यहरुलाई लागि तालिम प्रदान गरिएको थियो । करिब ६५,००० बालबालिका यस कार्यबाट लाभान्वित भएका छन् । यदि तपाईँ फरक तरीकाबाट बालसंरक्षण र सुरक्षा नीतिहरुको विकास गर्न चाहनु हुन्छ भने हामी तपाईलाई यस कार्यका लागि स्वागत गर्दछौँ ।


जिल हिले

कार्यकारी निर्देशक

हामीलाई सम्पर्क गर्नुहोस

सम्पर्कमा रहनुहोस ।

+44 (0)20 3559 6504

info@south2southnetwork.com