English | Nepalese

विश्वव्यापी विशेषज्ञता, स्थानीय कार्यान्वयन

सन् २०१८ मा केन्या, नेपाल, सियरा लियोन, तान्जानिया, गाम्बिया र बेलायतका सात साझेदार संस्थाहरुको पहलमा दक्षिण—दक्षिणको सञ्जाल स्थापना भएको हो । यस सञ्जालबाट हामी गैरसरकारी संस्था, सरकारी निकाय र व्यवसायिक संगठनहरूलाई उनीहरुकै क्षेत्रमा बालसंरक्षण र सुरक्षासम्बन्धी तालिम तथा परामर्श प्रदान गर्दछौँ । साझेदार संस्थाहरुले बालबालिकाको संरक्षण र सुरक्षाको सवालमा दशकौं देखिको व्यवहारिक अनुभवहरु आदनप्रदान गर्दछन् जहाँ उनीहरुले सरकारी निकायहरुसँगको समन्वयमा स्थानीय सामुदायिक संस्था तथा गैरसरकारी संस्थाहरुमा बालबालिकासँग काम गर्ने कर्मचारीहरूलाई तालिम प्रदान गरेका छन् । यसका साथै बालसंरक्षण र सुरक्षाका बारेमा अन्तरराष्ट्रिय सम्मेलनहरूमा यस सञ्जाल मार्फत स्थानीय विशेषज्ञताका रुपमा कार्य गर्र्दछ ।

हाम्रो अनुभव र भौगोलिक स्थानको विविधताले गर्दा एक अर्कामा सहयोग र विकास गर्न सक्षम बनाउँदछ। यसका साथै बालसंरक्षण र सुरक्षामा परामर्श तथा सल्लाहमार्फत एक अर्का विचको सामुहिक ज्ञान तथा विशेषज्ञतालाई बृद्धि गर्न सहयोग गर्दछ । हाम्रो विशेष नमुनाले हामीलाई स्थानीय स्तरमा विश्वव्यापी दृष्टि प्रदान गर्न सक्षम गर्दछ र यसले विस्तृत सिद्धान्तको सट्टा व्यवहारिक प्रयोगमा बढी जोड दिनका लागि निर्देश गर्दछ ।

परिक्षणको क्रममा सुरक्षा÷संरक्षण

सन् २०१८ मा बेलायतको अन्तरराष्ट्रिय विकास विभागद्वारा संघसंस्थाहरूले उनीहरूको सुरक्षा र संरक्षण नीतिहरूको विकास र कार्यान्वयन गर्नुपर्दछ भन्ने प्रयत्न स्वरुप नयाँ आवश्यकताहरूको पहिचान गरी निर्देशिकाहरु तयार भयो । बेलायतका संघसंस्थाहरुले दक्षिणी देशहरुमा साझेदारीमार्फत काम गर्दा सुरक्षा र संरक्षणको जिम्मेवारी समेत आफुले लिनु पर्दछ भन्ने कुरा अन्तरराष्ट्रिय विकास विभागको ढाँचामा नै स्पष्ट ब्याख्या गरिएको छ । साझेदारीमा काम गर्ने संस्था तथा परियोजनका समुहहरु बालसंरक्षण र सुरक्षासम्बन्धी विषयहरुमा जानकार र सिपयुक्त छन् भन्ने कुराको सुनिश्चित गर्नुपर्दछ । अन्य अन्तरराष्ट्रिय दातृनिकायहरु लगायत थुप्रै संस्थाहरुले बालसंरक्षण र सुरक्षाका सवालमा समान प्रकारका मार्गनिर्देशनहरु जारी गरिरहेका छन् र धेरै स्थानीय संस्थाहरूले दातृनिकायका ती आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेका छन् ।

यस सवालका लागि सांस्कृतिक सान्दर्भिकता र व्यवहारिक अनुभवमा आधारित ‘दक्षिणी नेतृत्वको संरक्षण र सुरक्षा परामर्श’ उपयुक्त छ । दक्षिण तर्फका स्थानीय गैरसरकारी संस्थाहरूलाई प्राय उत्तरका संस्थाहरु (अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू, परोपकारी संस्थाहरू, दाताहरू वा सामाजिक उत्तरदायित्वका समुहहरु) द्वारा तयार गरिएका तालिमका विषयहरु प्रयोग भएको पाईएको छ ।

उनीहरूसँग मुख्य रूपमा परियोजनासम्बन्धी काम गरेको राम्रो र प्रतिष्ठित सम्बन्ध छ, खास गरी स्थानीयस्तरमा भएका खर्चको अनुगमन गर्नका लागि लेखा प्रणालीको ज्ञान र वित्तीय विज्ञता राम्रो रहेको छ । यद्यपि समयसापेक्ष रुपमा अपेक्षाहरू परिवर्तन भएका छन् र बालसंरक्षण र सुरक्षा नयाँ विषयको रुपमा केन्द्रीकृत भई थप उत्तरदायित्व र परिक्षणको अर्को तहमा आएको छ ।

हामीलाई सम्पर्क गर्नुहोस

सम्पर्कमा रहनुहोस ।

+44 (0)20 3559 6504

info@south2southnetwork.com