ChildHope
United Kingdom
ऋजष्मिज्यउभ ग्प् सन् १९८९ मा स्थापना भएको हो र उनीहरूको कामले सबभन्दा जोखिममा रहेका बालबालिकाको संरक्षण हो । ऋजष्मिज्यउभ ग्प् स्थानीय रुपमा बालबालिकासँग काम गर्ने राम्रो अनुभव भएको संस्थासँग साभरदारी गर्दछ र दिगो परिवर्तनको लागि उनीहरूको स्थानीय स्तरको विशेषज्ञता प्रयोग गर्दछ । यस दृष्टिकोणको सफलताको परिणामस्वरूप ऋजष्मिज्यउभ ग्प् विश्वको सबैभन्दा प्रतिबद्ध र नवीन विकास दाताहरू ग्प् म्भउबचतmभलत ायच क्ष्लतभचलबतष्यलब िम्भखभयिऊभलत, ऋयmष्अ च्भष्भिा बलम ल्बतष्यलब िीयततभचथ ९उचभखष्यगकथि द्यष्न ीयततभचथ ँगलमरद्यीँ० को एक विश्वस्त साझेदार बन्न पुग्यो ।
Child Protection
Alliance
The Gambia
सन् २००१ मा स्थापित भएको थियो र यो ५० भन्दा बढी संस्थाहरुको गठबन्धन हो जसले गाम्बियामा बाल अधिकार प्रबद्र्धन गर्दछ । यो एलाइन्स बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलाई प्रवद्र्धन र कार्यान्वयन गर्न गठन भएको हो । त्यस समयमा बालसंरक्षणका विषयहरुमा थोरै मात्र ज्ञान थियो र बालयौन दुव्र्यवहार र युवा शोषणको बारे थाहा नै थिएन । यो एलाइन्सले एउटा स्थान खडा गरी सञ्चार माध्यम, राजनीतिज्ञ र नीति निर्माणकर्ताहरुको सहभागितामा बालसंरक्षणको आवाज उठाउन शुरु ग¥यो ।
Glad's House
Kenya
सन् २००६ मा सबभन्दा जोखिममा रहेका बालबालिकालाई सेवा प्रदान गर्न स्थापना गरिएको थियो । यसले केन्याको मोम्बासामा बालबालिकासँग र ३० बर्षभन्दा कम उमेरका युवाहरूसँग काम गर्दछ । ति युवाहरु जसलाई समाजका मानिसहरूले धेरै चुनौतीपूर्ण ठान्दछन् । ती मानिसहरू सडकको फोहरमैलाहरूमा बसी त्यहि काम गर्दछन् र कानून विपरित पनि काम गर्दछन् । यसको लक्ष्य बालबालिका र युवाहरू सडकमा अपराधिक काम नगरुन भन्ने हो र कानुन विपरित अवैध काम समेत नगरुन भनी सुनिश्चित गर्नु हो ।
Pendekezo Letu
Kenya
२० बर्षदेखि एप्ी ले सडक बालबालिका र उनीहरूको परिवारलाई अत्यन्तै गरीबीबाट बचाउन र सडक तथा सुकुम्बासी अवस्थामा रहेकाहरुको जीवनस्तर परिवर्तन गर्नका लागि सहयोग गरिरहेको छ । उनीहरूले एक सफल पुनस्थापना कार्यक्रमको विकास गरेका छन् र प्रत्येक वर्ष १०० जना सडक तथा डम्पसाइटका बालिकाहरु सडकबाट उद्दार भई शिक्षा हासिल गर्दछन् । त्यसपछि उनीहरूका आमाबुबा र भाइबहिनीहरूले पनि परिवारको सुदृढिकरणका लागि सहायता प्राप्त गर्दछन् । संस्थाले कानूनको द्वन्द्वमा परेका बालबालिकाका लागि एउटा कार्यक्रम, बालसंरक्षणमा साझेदार संथाहरूको क्षमता विकास र बालअधिकार नीतिमा वकालत गर्ने कार्यक्रमहरु पनि सञ्चालन गरेको छ ।
Elimu Mwangaza
Tanzania
सन् २०१४ मा स्थापना भएको हो र यसले तान्जानियाको किलिममन्जारो क्षेत्रमा काम गर्दछ । यो क्षेत्र विशेषगरी बालहिंसाको उच्च घटना हुने क्षेत्र हो । उनीहरू बाल दुव्र्यवहार र हिंसा अन्त्य गर्न र बालबालिकालाई गुणस्तरीय शिक्षा र बाल सुरक्षाका सेवाहरूमा पहुँच बृद्धि गर्ने काममा सहयोग गरिरहेका छन् । उनीहरूले प्राथमिक विद्यालयहरूमा बालअधिकार क्लबहरू स्थापना गरेका छन् । त्यसैले बालबालिकासँग बालयौन, शारीरिक र भावनात्मक हिंसाका बिषयहरूको बारेमा छलफल गर्न सजिलो भएको छ । भ्ष्mिग ःधबलनबशब ले आमाबुबा र समुदायका लागि समेत बालसंरक्षणको विषयमा तालिम प्रदान गरिरहेका छन्।
Street Child of Sierra Leone
Sierra Leone
क्तचभभत ऋजष्मि या क्ष्भचचब ीभयलभ ले सिएरा लियोनको प्रत्येक जिल्लामा शिक्षा, बालसंरषण र जीविकोपार्जनको क्षेत्रमा काम गर्दछ । यस संस्थाको स्थापना सन् १९९० को दशकमा गृहयुद्धबाट प्रत्यक्ष रूपमा प्रभावित बालबालिका र पुर्व बाल सैनिकहरुसँग काम गर्नका लागि भएको थियो । सन् २००८ देखि यस संस्थाले अन्तरराष्ट्रिय साझेदारहरूसँग सहकार्यमा सडक बालबालिकाको लागि संरक्षण, शिक्षा, जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरू र दुर्गम स्थानमा रहेका बालबलिकाको शिक्षाको स्तर विकास गर्नका लागि विभिन्न कार्यक्रमहर गरिरहेको छ ।
Voice of Children
Nepal
भ्वाईस अफ चिल्डे«न सन् २००० मा स्थापित एक गैरसरकारी संस्था हो । यसले सडकमा भएका बालबालिकाको उद्दार, संरक्षण गर्नुका साथै परिवार तथा समुदायमा पुर्नर्मिलन गरी उनीहरुको जीवनस्तर उकास्नमा सहयोग पु¥याउँदै आएको छ । यसका साथै सडकमा आउन सक्ने सम्भावित बालबालिकाको संरक्षणको लागि शहरी गरिबी क्षेत्रका जोखिम अवस्थामा रहेका परिवारहरुको क्षमता अभिवृद्धि गरी आत्मसक्षम बनाउन सहयोग हुने क्रियाकलापहरु संचालन गरीरहेको छ । त्यसैगरी बालबालिकामाथि हुने बिभिन्न यौनजन्य दुव्र्यवहारका विरुद्ध जनचेतना फैलाउँदै पीडितलाई कानूनी, मनोसामाजिक परामर्श, संरक्षण र आवश्यक सहयोग प्रदान गर्ने गर्दछ ।
Swipe To See More
ChildHope
Jill Healy
CEO

म सन् २०११ देखि ऋजष्मिज्यउभ ग्प् को कार्यकारी निर्देशक छु । मैले प्रत्यक्ष रूपमा अफ्रिका र एशियाका साझेदार संस्थाहरु र बालबालिकासँग काम गर्ने मौका पाएको छु । मेरो धेरै समय लेख्ने काममा बित्छ र जब मैले लेखेका कुराहरु काममा देख्छु अनि यसले मलाई बालबालिकाको जीवनमा परिवर्तन भएको महशुश हुने गर्दछ, यसर्थ मेरो सबै कागजका कामहरुले मूल्य र अर्थ राख्छ ।
सन्दर्भ हेर्नु र बुझ्नु महत्वपूर्ण छ । बालबालिका र युवाहरुको जीवन तथा उनीहरुको चुनौतिको बारेमा अनुमान गर्न वास्तवमै सजिलो छ कि हाम्रा साझेदार संस्थाहरूले ती विषयहरूलाई सम्बोधन गरि रहेका छन् तर तपाईं ति सिद्धान्तहरु वास्तवमै कार्यान्वयन गर्न सक्नुहुन्न जब तपाईले कुरा गरिरहनु भएको विषयलाई व्यवहारिक रुपमा प्रयोग गर्नु भएको छैन ।
ऋजष्मिज्यउभ ग्प् का साझेदारी संस्थाहरूसँग धेरै लामो अनुभव र विशेषज्ञता छ । हामी उनीहरूबाट नियमित रुपमा बालसंरक्षणका सवालका स्थानीय विषयहरु सिकिरहेका छौं । तिनीहरूसँग सँधै एउटा दृष्टिकोण छ जुन सबैका लागि समस्या समाधानमा जहिले पनि सहयोगी हुन्छ । बालसंरक्षण र सुरक्षाको सबैभन्दा ठूलो आवश्यकता नीतिहरूलाई अभ्यासमा बदल्नु हो । संस्थाहरुलाई नीति निर्माण गर्न सहयोग गर्नु वास्तवमा सजिलो छ तर यसलाई दैनिक व्यवहारमा कार्यान्वयनको सुनिश्चितता गर्नु ज्यादै कठीन छ ।
दक्षिण—दक्षिणको सञ्जालको बारेमा मलाई धेरै उत्साहित पार्ने कुरा यससँग सम्बन्धित व्यक्तिहरूले आफ्ना साथीहरूबाट धेरै कुरा सिक्ने पर्ने अवसर प्राप्त गर्नेछन् । संस्थाहरुका लागि यो एउटा अवसर हो उनीहरू आफ्नै देशभित्र स्थानीय स्तरमा बालसंरक्षणका विशेषज्ञ तालिमकर्ताहरु पाउनेछन् । म यो लाग्दैन कि त्यहाँ विशेषज्ञता छैन । मलाई सोच्छु किनभने अवसरहरू प्रायः सिर्जना हुँदैनन् । तपाइँका साथीहरूसँग तपाइँको आफ्नै देश भित्रका बालबालिकाको संरक्षण र सुरक्षामा सुधारका लागि स्थानीय विशेषज्ञता भेट्ने अवसर विरलै हुन सक्छ र मलाई लाग्छ कि यो एक वास्तवमै सकरात्मक कदम हो ।
Sunday Dogo
Child Safeguarding, Learning and Participation Manager

मेरो काम ऋजष्मिज्यउभ ग्प् ले काम गर्ने जिम्मेवारी लिएका क्षेत्रका सबै बालकालिका र जोखिममा रहेका युवाहरुको संरक्षण र सुरक्षाको सुनिश्चित गर्नु हो । जुन काम हामी गरिरहेका छौँ त्यो सबैको मुटुमा छ ।
म बालसंरक्षण र सुरक्षाको जोखिमहरूका बारेमा चेतना अभिबृद्धि गर्दछु जसले गर्दा परियोजना बनाउने र कार्यान्वयन गर्ने क्रममा बालबालिका र जोखितामा रहेका युवाहरु थप सुरक्षित हुन्छन् । ऋजष्मिज्यउभ ग्प् का कार्यहरु सुरक्षा र रोकथामका लागि समर्पित छन्, कुनै घटनाहरु भएको खण्डमा बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखेर कार्य गरिएको छ र दुव्र्यवहारका घटनाहरु एचित प्रकारले व्यवस्थापन गरिएका छन् भन्ने कुरा म सुनिश्चित गर्दछु ।
जब हामी नयाँ संस्थासँग साझेदारी शुरू गर्दछौँ तब म तिनीहरूको संरक्षण र सुरक्षा नीति विकास गर्न वा बलियो बनाउन मद्दत गर्दछु । म पनि ग्प् का संस्थाहरुको लागि संरक्षण र सुरक्षासम्बन्धी परामर्शदाताको रुपमा काम गर्दछु र ऋजष्मिज्यउभ ग्प् ले आयोजना गरेको कार्यशालाहरुका लागि काम गर्दछु । यसले बाल विकास र सुरक्षा सम्बन्धी विषयहरुमा छलफल गर्न अन्तरराष्ट्रिय विकास र अन्य क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई एक साथ ल्याउँदछ ।
यो थाहा पाउँदा सन्तोषजनक हुन्छ किनभने सबैभन्दा जोखिमपूर्ण बालबालिका र वयस्कहरूसँग काम गर्दा उनीहरुको सुरक्षाको जोखिमतासम्बन्धी कुरा सुनिश्चितताका लागि म मद्दत गर्दछु । अझ महत्वपूर्ण रुपमा त्यस्तो जोखिमहरूलाई न्यूनीकरण गर्न र समाधान गर्नको लागि सरोकारवालाहरूसँग काम गरिरहेको छ ।
हामी हाम्रा साझेदारहरूसँग सिधा कार्य गर्दछौं र समानतामा जोड दिन्छौँ । मैले यो काम सशक्तीकरण र परिवर्तनकारी भएको पाएको छु किनभने हामी बालबालिकाको जीवन अझ राम्रो बनाउन एक अर्काबाट सिकिरहेका छौं । यस अवधारणाले हाम्रा साझेदारहरूको क्षमतामा परिवर्तन हुन्छ र स्थानीय विशेषज्ञताको प्रयोगले पैसाको मूल्यलाई पनि महत्व ठानेको छ । बिभिन्न देशहरूमा काम गर्नका लागि हामीले कार्यालयहरू स्थापना गरेका छैनौँ, त्यसैले संरक्षण र सुरक्षाका लागि सबै स्रोतहरू हाम्रा साझेदार संस्थाहरू र उनीहरुका कार्यक्रममा भर परेका छन् ।
म अन्तरराष्ट्रिय विकासको क्षेत्रमा शक्ति असंतुलनको आधारमा हुने सबै प्रकारका दुव्र्यवहार र शोषण निर्मुल भएका कुरा देख्न चाहन्छु । उत्तर र दक्षिणका गैरसरकारी संस्थाहरु बीचको सम्बन्ध आपसी सम्मान, समानता र पारस्परिक उत्तरदायित्वको नीतिद्वारा निर्देशित हुनुपर्दछ ।
Child Protection Alliance - The Gambia
Lamin Fatty
National Coordinator
म ऋजष्मि एचयतभअतष्यल ब्ििष्बलअभ, त्जभ न्बmदष्ब को राष्ट्रिय संयोजक हुँ । यो बिभिन्न गैरसरकारी संस्थाहरुको एक गठबन्धन हो र यसले बालअधिकारको प्रवद्र्धन र संरक्षणका सवालहरूमा काम गर्दछ । हामी विभिन्न संस्थाहरुको साझेदारी र सरकारी मन्त्रालयहरू र विभागहरूसँगको समन्वयमा बालअधिकारका नीति नियम पुनरावलोकन तथा पुनर्लेखनको लागि काम गर्दछौँ ।
सरकारले बालअधिकारप्रति सम्मान, संरक्षण र बालअधिकारसम्बन्धी गर्ने दायित्वहरू निर्वाह गर्दै छन् भन्ने कुरा सुनिश्चित गर्नका लागि हामी वकालत समेत गर्दछौँ ।
ऋएब् ले गाम्बियाका लगभग सबै समुदायहरूमा सामुदायिक बाल संरक्षण समिति गठन गरेको छ र यी संरचनाहरूले बालबालिकाको दुव्र्यवहारसम्बन्धी घटनाहरुमा समुदाय प्रभावकारी रुपमा काम गर्दछन् । हामी स्थापना गरेका विद्यालयका भ्वाइस क्लबहरू मार्फत पनि हामी काम गर्छौँ । यी विद्यालयमा आधारित क्लबहरू हुन् जहाँ विद्यार्थीहरूको बीचमा साथी शिक्षालाई प्रोत्साहित गरिन्छ । यसले उनीहरूका अधिकारहरू बुझ्न र उनीहरूलाई असर गर्ने मुद्दाहरूको बारेमा उनीहरूका साथीहरूसँग कुरा गर्न सक्षम बनाउँछ । ऋएब् को स्थापना हुनुभन्दा अघि बालअधिकारका सवालहरूमा छलफल गर्ने कुनै साझा मञ्च थिएन ।
गाम्बियामा करीव ६०% जनसंख्या पूर्ण गरीबीमा बाँचिरहेका छन् र यसले गर्दा समुदायका व्यक्तिहरूलाई उनीहरूको बालबालिकाको आधारभूत आवश्यकताहरू पूर्ण गर्नका लागि चुनौति छ । उनीहरू विकासको बारेमा सोच्दैनन् र बाँच्नको लागि मात्र सोचिरहेका छन् । यसको परिणाम स्वरूप उनीहरू बालबालिकाहरूलाई पैसा कमाउनका लागि भीख माग्ने, सामान बेच्ने र गा¥हो काममा लगाउने गर्दछन् । यहाँ बालबालिकामा लगानीको कमी र कानूनको कार्यान्वयनको अभाव रहेको कुरा सरकारी स्तरमा समेत देखिएको छ । वर्षौंदेखि हामीले गरेको वकालतको माध्यमबाट हामीले प्राप्त गरेका सबैभन्दा ठूलो कुरा भनेको बालबालिकाको विषय हेर्ने छुट्टै मञ्त्रालयको स्थापना हुनु हो । बालबालिका र महिला मामिला मन्त्रालय गठन हुनुमा ऋएब् को ठुलो भुमिका छ ।
Keita Karamo Kebba
Associate Executive Director
म सामाजिक सुधार र कार्यका लागि संस्था ९क्ष्लकतष्तगतभ ायच क्यअष्ब िच्भायचmबतष्यल बलम ब्अतष्यल – क्ष्क्च्ब्० मा सह कार्यकारी निर्देशक र परियोजना संयोजकको रूपमा काम गर्दछु । हामीले परम्परागत ईस्लामिक आवासिय ५० वटा विद्यालयहरु (मजलिसहरु) मार्फत ४००० बालबालिकालाई शिक्षामा सहयोग गरेका छौँ । हाल क्ष्क्च्ब् परम्परागत शिक्षामा बालबालिकासँग प्रतयक्ष काम गर्ने देशको एक मात्र गैरसरकारी संस्था हो । हामी आधारभुत तथा माध्यमिक शिक्षा मञ्त्रालय, समाज कल्याण विभाग, समुदाय विकास, स्वास्थ्य र पशुधन विभागहरू लगायत विभिन्न साझेदार संस्थाहरसँग मिलेर काम गछौँ । यसैगरी युनिसेफ र अन्य गैरसरकारी संस्थाहरूसँग पनि हामी काम गर्दछौं ।
प्रत्येक मजलिसमा विद्यालय शिक्षा नियमित गर्न चाहने बालबालिकालाई आधारभूत साक्षरता कक्षा र संख्याको ज्ञान प्रदान गर्ने काम हामी गर्छौ । यसका साथै मजालिस छोडे पछि पनि व्यवहारिकता हुने शिक्षा र जीविकोपार्जनको सिपहरु समेत उपलब्ध गर्दछौं । हामी माराबाउट्स (ईस्लामिक विद्यालय), अभिभावकहरू र अन्य हेरचाहकर्ताहरूसँग लामो समयदेखि बसेका बालबालिकालाई कार्यात्मक शिक्षाको महत्व बुझाउनको लागि कार्य गर्दछौं किनकि यी बालबालिका धेरै लामो समयसम्म यि सुविधाहरुमा रहन्छन् । वर्तमानमा करीव ३०० मजलिसहरू छन् तर करीव २०,००० बालबालिका विद्यालयमा भर्ना भएका छैनन् । यी बालबालिका मध्ये केही अन्य देशका नागरिक हुन् ।
क्ष्क्च्ब् ले बालबालिकाको संरक्षण र सुरक्षा सम्बन्धी मुद्दाहरू बुझाउनका लागि माराबाउट्स र अन्य हेरचाहकर्ताहरूसँग काम गर्दछ । यसका साथै हामी बालबालिकाको आधारभूत आवश्यकताहरू स्वच्छ पानी, सरसफाई, राम्रो पोषण, सुरक्षित वातावरण, आवास र कपडा पूरा गर्न सहयोग गर्दछौ । माराबुआट्सलाई सामान्यतया आमाबुवा र हेरचाहकर्ताले रकम तिर्दैनन् । त्यसैले यी बालबालिकालाई हुने वा हुन सक्ने सम्भावित दुव्र्यवहार र शोषणबाट सुरक्षित गर्न हामी मञ्त्रालय, सामाजिक कल्याण विभाग, समुदाय बालसंरक्षण समितिहरुसँग नजिकको समन्वयमा रहेर कार्य गर्दछौँ ।
Glad's House - Kenya
Liz Mnengwa
Head of Programmes
म न्बिम’क ज्यगकभ मोम्बासामा सन् २००६ देखि काम गरिरहेको छु । मैले मुख्य रूपमा सडक बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको छु । हामी सडकका विभिन्न स्थानमा भ्रमण गर्दछौ, तीनवटा जेलमा पनि काम गर्छौं । तीनवटा जेलमध्ये दुईवटा बालबालिका र एकवटा युवा वयस्कहरूको लागि हो । यसको साथसाथै हामी बालसंरक्षण वकालत पनि गर्दछौँ ।
मेरो भूमिकामा कार्यक्रम प्रमुखको रुपमा काम गर्नु हो । म स्थापनादेखि नै न्बिम’क ज्यगकभ मा काम गरिरहेको छु र मैले यसलाई बढिरहेको देखेको छु । यो पनि हो कि मैले यसको लक्ष्य प्राप्तीका लागि सहयोग गरेको छु । कार्यक्रमको प्रमुख हुनुले मलाई बालबालिका र कर्मचारीहरु दुबैसँग काम गर्ने अवसर मिल्छ । म हप्तामा कम्तिमा दुई पटक काम गर्नका लागि बालबालिका भएको स्थानमा जान्छु । यसले मलाई कार्यालयमा बसेको र प्रतिवेदन पढ्ने बाहेक अरू बुझ्ने अवसर दिन्छ । म आउँदै गरेको कुनै पनि घटनाहरुलाई अवलोकन गर्न सक्दछु र फिल्डका कर्मचारीको साथ धेरै नजीकको स्तरमा काम गर्दछु ।
मेरो लागि सबैभन्दा राम्रो काम भनेको बालबालिकामा भएको सानो प्रगति देख्नु हो । सडक बालबालिकाहरूसँग काम गर्दा तपाईंले एक बर्षमा धेरै प्रगति भएको देख्ने मौका पाउँनुहुन्न । तपाईं दुई हुन सक्नुहुन्छ तपाईं तीन हुन सक्नुहुन्छ, यी साना, साना प्रगतिहरू हुन् जुन सजिलै उपेक्षित हुन्छन् तर उनीहरू बालबालिकाको लागि धेरै अर्थ राख्छन् उनीहरू मेरो लागि पनि अर्थपूर्ण हुन्छन् ।
गर्वका क्षणहरु धेरै छन् । तर सडकमा बालबालिकासंग १० बर्ष भन्दा बढी समयसम्मको सम्बन्ध कायम भएकोमा म धेरै गौरब महशुस गर्छु । हामीले संस्थाहरुलाई आउँदै जाँदै गरेको देखेका छौँ र हामीले बालबालिकालाई तिनीहरूको विरोध गरिरहेको देख्यौं । हामीले संस्थाहरूलाई सरकारले चुनौती दिएको पनि देख्यौँ । तर हामीले नयाँ र राम्रो सम्बन्ध स्थापना गरिरहेका छौं । हामीले सडकमा बस्ने बालबालिका र समुदायमा काम गर्ने बालबालिकासँग काम गर्न थाल्यौं र त्यसपछि जेलमा रहेका किशोरहरुसँग पनि काम गर्न थालेका छौं र अब हामी जिल्ला र राष्ट्रिय दुवै तहमा सञ्जालहरु निर्माण गर्दैछौं ।
Wycliffe Ndega
Social Worker
म एक सामाजिक कार्यकर्ता जेलमा काम गरीरहेको न्बिम’क ज्यगकभ को समुहला नेतृत्व गर्दछु । न्बिम’क ज्यगकभ आउनु भन्दा अघि मैले सडक बालबालिकालाई सहयोग गर्ने विभिन्न संस्थाहरूमा काम गरें । मलाई १० बर्षभन्दा बढी समय बालबालिकासंग काम गरेकोमा गर्व छ । मैले मेरो सामाजिक कार्यको तालिम गर्नु अघि बालबालिकाहरूसँग स्वयंसेवकको रूपमा काम गरेको थिएँ ।
न्बिम’क ज्यगकभ मार्फत हामी जेलमा रहेका र पुनस्थापना गृहमा रहेका बालबालिकाको हकका लागि वकालत गर्दछौं । धेरै जसो जोखिममा परेका बालबालिकालाई राम्रो हेरचाह र सुरक्षाका लागि राखिन्छ ति मध्ये कोहि धेरै कम आपराधिक पृष्ठभूमि भएका पनि छन् । उनीहरूको अधिकार जहाँसुकै पनि कायम होस् भन्ने कुरा हामी सुनिश्चित गर्दछौं । हामीसँग बालबालिकालाई गर्ने धेरै गतिविधिहरू छन् जस्तो जीवन उपयोगी सिपहरुको अभ्यास, परामर्शका कक्षाहरु र उनीहरुलाई हामी दाँत माझ्ने ब्रश, मञ्जन, साबुन र टिश्यु पेपर सहित आधारभूत केयरकासामानहरु प्रदान गर्दछौं।
सामान्यतया जेलमा रहेका बालबालिका र युवाहरूले आफ्नो जीवनमा चोट परेको अनुभव गरेका हुन्छन् । जेलहरूमा कम मात्रामा कर्मचारीहरू हुन्छन् अनि उनीहरूसँग काम गर्ने सीमित सीप र स्रोतहरू छन्। खासगरी उनीहरु कोहि युवा तथा बालबालिकासँग डराउँछन् पनि । हामी यस्ता विषयमा बालबालिका, जेलका कर्मचारी र र अन्य सञ्जालका सदस्यहरूको क्षमता निर्माण गर्ने उद्देश्यको साथ बालसंरक्षण र सुरक्षा सहित विभिन्न तालिमा दिन्छौँ । यसले उनीहरूलाई विश्वास बालसंरक्षण र सुरक्षाको बारेमा जानकारी दिलाउँदछ र उनीहरूको अधिकारको सम्मान गर्न प्रोत्साहित गर्दछ । परिवर्तन सामान्यतया सबैमा एकैचोटि आउँदैन, यो बिस्तारै आउछ । हामी अधिकांश सफलताहरू महसुस गर्छौं जहाँ सुधारहरू देख्छौं त्यहाँ हामीले पहिले चिन्ताहरू राखेका थियौं र पहिले बालबालिकाको लागि राम्रो कुरा राम्रो थिएन।
म सरकार र समुदायमा रहेका अन्य व्यक्तिलाई बाल संरक्षण र सुरक्षाको बारेमा तालिम दिन उनीहरूसँगै काम गरिरहेका मानिसहरूमा प्रभाव पार्ने कुराको साथ सुसज्जित भएको छु ताकि उनीहरूले अझ राम्रा काम गर्ने र देख्न सक्ने तरीका पनि कार्यान्वयन गर्न सक्दछन् । उनीहरूले काम गरिरहेका बालबालिकामा प्रभाव पार्न सकुन् ।
Pendekezo Letu - Kenya
Sarah Mbira
Director
म एभलमभपभशय ीभतग को निर्देशक हुँ । मेरो काम सबै कार्यक्रमको गतिविधिहरूको कार्यान्वयन गर्ने, निरीक्षण गर्ने र बालसंरक्षण तथा सुरक्षामा अनुभवी समुह निर्माण गर्ने हो । एभलमभपभशय ीभतग ले प्रयोग गर्ने दृष्टिकोण नै हाम्रो लागि विशेष हो । हामी बालबालिकाको विकासलाई असर गर्ने मुद्दाहरूलाई ध्यान दिदैनौं । हामी विभिन्न व्यक्तिहरू, बालबालिकाको नजिकको परिवार, समुदाय, अन्य संस्थाहरू र सरकारी निकायहरुलाई हाम्रा कार्यक्रमहरुमा समावेश गर्दछौं । यो एक समग्र र सही रुपमा आधारित दृष्टिकोण हो ।
समुदायमा बालबालिकालाई सुरक्षा दिन समुदायका सदस्यहरूको क्षमता सुदृढीकरण गर्ने सम्बन्धमा हामीसँग राम्रो अनुभव छ तर हामी बाल संरक्षण र सुरक्षाको लागि सरकारी विभागसँग पनि निकट भएर काम गरिरहेका छौं । तसर्थ अनुभव र समुदाय तथा सरकारलाई संलग्न गराई काम गर्न सक्ने क्षमता हाम्रो विशिष्टता हो । दक्षिण—दक्षिणको सञ्जालमा बालसंरक्षण र पुनर्मिलनको अनुभव पनि आदानप्रदान गरिएको छ जहाँ बालबालिका परिवारमा पुनर्मिलन भएका छन् ।
जुुन कुराले मलाई सञ्जालको बारेमा सबभन्दा बढी गौरवान्ती बनाउँछ त्यो एक अर्काबाट सिक्ने अवसर हो र एक अर्कालाई बाल दुव्र्यवहार मुक्त भएको संसार हेर्न प्रयास गर्नका सहयोग गर्नु हो । कसैले पनि “म १००% विज्ञ“ भन्न सक्दैन, तर सञ्जालमा भएपछि म निरन्तर सिक्ने कुरामा निश्चिन्त छु । अर्को साझेदार संस्थालाई उनीहरूको देशमा नीति कार्यान्वयनमा चुनौति हुनसक्छ, हामीलाई केन्यामा भए झैँ तर उनीहरूले यसलाई फरक विधिले सम्बोधन गर्न सक्दछन् । अर्को फाइदा यो छ कि हामी एक समुहको रूपमा परियोजनाको प्रस्तावको विकास गर्नका लागि सँगै काम गर्न सक्छौं । हामी सबै कार्यान्वयनकर्ताहरू हौं, हामी गरेको कुरा भन्दछौं सुनेको होइन । बालबालिका र समुदायहरूसँग काम गर्ने हाम्रो अनुभवले हाम्रा साझेदारहरु र अन्य संस्थालाई फाइदा पुग्दछ । तिनीहरूले हाम्रा अनुभवबाट सिक्नेछन, सुनेर वा पढेर होइन ।
Ester Mwangi
Communication and Advocacy Adviser
एभलमभपभशय ीभतग मा मेरो भूमिका संचार र वकालत सल्लाहकार हो । म यो काम जनवरी २०१९ बाट गरिरहेको छु । मेरो मुख्य काम प्रतिवेदन र सिकाईको लागि कथा तयार पार्ने र बालबालिकाको नीतिका लागि काम गर्ने सञ्जालहरुसँग कार्यगत एकता कायम गर्नु हो । यो भन्दा पहिले म एभलमभपभशय ीभतग मा पाँच बर्षसम्म वरिष्ठ सामाजिक कार्यकर्ता थिएँ । मैले कर्मचारी र साझेदारहरूको लागि बाल संरक्षण तालिम पनि सञ्चालन गरेको छु र शिक्षकहरू, समुदायका समूहहरू, गैरसरकारी संस्थाहरू र बालबालिकासँग काम गर्नका लागि प्रशिक्षण पुस्तिकाहरू पनि बनाएको छु । यसैगरी सुकुम्बासी बस्तीहरुका बालअधिकार संरक्षणका बारेमा चेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिएका छन् ।
हाम्रो कामको सबैभन्दा गौरवान्ती कुरा त्यो हो जब सुकुम्बासी बस्ती वा सडकबाट कुनै दुव्र्ययवहारमा परेका बालबालिकालाई पुनस्थापनाको माध्यमबाट उनीहरूको परिवारमा पुनर्मिलन गरिन्छ अनि उनीहरुमा भएको परिवर्तन थाहा हुन्छ । मैले एउटा बालकलाई देखेको छु जुन मैले प्राथमिक विद्यालयमा भर्ना गरेको थिए, अहिले उ माध्यमिक विद्यालयमा जाँदै छ र तिनीहरूका आमाबुबालाई डम्पसाइटबाट बाहिर आउँदै गरेको र आफ्नै व्यवसाय सुरू गरेको मैले देखेको छु । एभलमभपभशय ीभतग को बारेमा यो नै विशिष्ट पक्ष हो र समग्र दृष्टिकोण हो । जब हामी बालबालिकालाई सहयोग गर्दछौँ, ति बालबालिकाले हामीलाई परिवारमा प्रवेश विन्दुको रूपमा सहयोग गर्दछन्, र समुदायको अधिकतम परिवर्तनका लागि पनि सहयोगी हुन्छ ।
बालबालिकाको अधिकारको लागि मेरो दृष्टिकोण विशेष गरी केन्यामा त्यस्तो प्रणाली हुनुपर्दछ जसले बालबालिकाको लागि काम गर्न सकोस । हाम्रो सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भएका नीतिहरूको कार्यान्वयनको अभाव हो । केन्यामा उचित प्रकारका बाल संरक्षण ढाँचा र नीतिहरू छन् तर ती विरलै रुपमा कार्यान्वयन आएका छन् । दक्षिण—दक्षिणको सञ्जालमा एभलमभपभशय ीभतग को योगदान लामो समयदेखि समुदायमा काम गरिरहेको विषय हो र तल्लो तहमा परिवर्तन गर्नका लागि समुदाय संरचनाहरूलाई प्रयोग गरिएको छ । बालबालिका समुदायका हुन् र तिनै समुदायमा उनीहरु सुरक्षित हुन्छन् भन्ने कुरा हामीले जानेका र बुझेका छौं ।
Elimu Mwangaza - Tanzania
Michael Reuben Ntibikema
Executive Director and Co-Founder
म भ्ष्mिग ःधबलनबशब को कार्यकारी निर्देशक र सह—संस्थापक हुँ । हामी बालबालिका, वयस्कहरू, समुदाय र सरकारी विभागहरूसँग प्रत्यक्ष संलग्न भई तान्जानियामा बालसंरक्षण र सुरक्षाको स्थिति सुधार गर्न सहयोग गरिरहेका छौं । हाम्रो प्राथमिकता क्षेत्रहरू मध्ये एक अन्य संस्थाहरूलाई उनीहरूको बालसंरक्षण र सुरक्षा नीतिहरू तथा तिनको अभ्यासहरू सुदृढीकरण गर्न सहयोग गर्नु हो किनभने हाम्रो अनुभव अनुसार कार्यक्रमहरु चलाइरहेका धेरै जसो संस्थाहरुमा बालसंरक्षण र सुरक्षाप्रणाली सम्बन्धी राम्रो र प्रभावकारी व्यवस्था नभएको पाईएको छ ।
संस्था स्थापना गर्नुभन्दा पहिले म ल्भतधयचप ब्नबष्लकत ँझबभि न्भलष्तब िःगतष्बितष्यल बलम तजभ बचष्अब ःभमष्अब िच्भकभबचअज ँयगलमबतष्यल भन्ने २ वटा संस्थामा काम गरको थिए । मैले सडक बालबालिकासँग काम गर्ने संस्था ःपयmदयशष् पनि काम गरें र त्यो संस्थाले सडकका बालबालिकाका लागि पुनस्थापना गृह स्थापना गरेको थियो । त्यस समयमा तान्जानियामा बालबालिकाप्रति हुने हिंसाको बिषयमा एक अध्ययन गरिएको थियो, जसले समुदायमा बालबालिकाबिरूद्ध हिंसाको स्थिति अझै गम्भीर रहेको बताएको थियो ।
हामी विश्वास गर्छौ कि यि समस्याहरु समाधान गर्न सरकारसँग मिलेर संयुक्त रुपमा काम गर्न सकिन्छ र अर्को संस्था स्थापना गरेर बालदुव्र्यवहार र जोखिमताको मुद्दालाई सम्बोधन गर्दै समुदायलाई समेत संलग्न गराई अगाडि बढ्न सकिन्छ । यसैबाट प्रभावित भएर भ्ष्mिग ःधबलनबशब को स्थापना भयो । हामी समुदायमा जान्छौ, बालसंरक्षणसम्बन्धी रेडियो कार्यक्रम प्रसारण गर्दछौं र अरु संस्थाहरूलाई तालिम प्रदान गर्छौँ ।
थोरै संस्थाहरुले मात्र बालसंरक्षण र सुरक्षाका नीतिहरूको महत्व बुझेका छन् । तन्जानियामा बालसंरक्षण र सुरक्षाको अवधारणा अझै नयाँ छ । केही संस्थाहरूले उनीहरुको दाताले भनेको हुनाले बालसंरक्षण र सुरक्षा नीति बनाएका छन् तर तिनीहरू पनि सो बारेमा स्पष्ट छैनन् । ति संस्थाले आफ्ना नीतिहरूलाई दराजमा मात्र राखेका छन् । बालसंरक्षण र सुरक्षाको बारेमा बुझाउन अझ धेरै कामहरू गर्न बाँकी छन् । तान्जानियामा दक्षिण—दक्षिणको सञ्जालको लागि एक ठुलो अवसर हो र हामी विश्वव्यापी रुपमा भइरहेको कुराबारे सिक्नको लागि धेरै उत्सुक छौँ ।
Upendo Ramadhani
Director of Programmes
म भ्ष्mिग ःधबलनबशब मा कार्यक्रम निर्देशकको रूपमा काम गर्छु । मेरो भूमिका बालबालिका, विद्यालय, समुदाय, वडा र गाउँका नेताहरुका लागि भ्ष्mिग ःधबलनबशब का सेवाहरू व्यवस्थापन गर्ने र बालसंरक्षण तथा सुरक्षाको सुनिश्चित गर्ने हो । म तालिमका लागि सह प्रशिक्षकको रूपमा पनि काम गर्दछु ।
अधिकांश समुदायहरूमा बालसंरक्ष्णा र सुरक्षाको बारेमा चेतनाको कमी छ तर जब हामी चेतना अभिबृद्धि गर्ने कार्यक्रम गर्छौ तब उनीहरूबाट राम्रो प्रतिक्रिया सहित परिवर्तन भएको पाएका छौँ । बालबालिका, शिक्षक र अभिभावकहरूले बालदुव्र्यवहारको मामलामा उजुर गर्न सुरु गरिरहेका छन् । भर्खर हामीले काम गरिरहेका विद्यालयहरू मध्ये एउटामा शिक्षकले यौन शोषण गरेको घटनाको उजुरी गरिएको थियो र बालकलाई बलात्कार गर्ने शिक्षकलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । वडाका अधिकारीहरु, सामुदायिक अधिकारीहरु र बालबालिका बालदुव्र्यहारका विषयमा प्रतिक्रिया व्यक्त गर्न थालेका छन् र उनीहरुलाई उजुर गर्ने कुराको बारेमा राम्रो जानकारी छ ।
हामी विशेष छौं किनकि हामी हाम्रो समुदाय र क्षेत्रमा बालबालिकाको संरक्षण र सुरक्षा गर्नका लागि चाहिने संरचनाहरू निर्माण सरकारसँग मिलेर काम गर्छौं । हामीसँग बालसंरक्षण, सहभागिता र सुरक्षाको सवालमा राम्रो सीप छ र यी कुराहरुमा हामीले सरकारको साथमा पनि काम गरेका छौँ । हाम्रा साझेदारहरूसँग काम गर्दा मैले आनन्द पाएको कुरा भनेको बालबालिका, कर्मचारीहरू र स्वयंसेवकहरूले सक्रियताका साथ तालिममा भाग लिइरहेका छन् र संस्थाका बिभिन्न नीति, निर्देशिकाहरू र अन्य अवस्थित संरचनाहरूमा योगदान गरिरहेका छन् । मलाई बाल संरक्षणको बारेमा कुरा गर्ने मात्र होइन यसको अभ्यास गर्ने र उनीहरूलाई चाहिने सबै नीतिहरू पालना गर्न सहयोग गर्ने संस्थाहरूलाई मद्दत गर्न खुशी लाग्छ ।
तान्जानियामा हाम्रो लागि सबैभन्दा ठूलो चुनौती भनेको सरकारले बाल संरक्षण र सुरक्षाको लागि बजेट विनियोजन गर्नु हो । हामी समाज कल्याण प्रणाली र संरचनाहरूको विकास भएको, सामाजिक कार्यकर्ताहरू राम्ररी तालिम पाएको, उनीहरूलाई आवश्यक संसाधनहरू प्राप्त भएको मन पराउछौँ । म मेरो देशले अन्तरराष्ट्रिय र स्थानीय संस्थाहरुको सहकार्यमा महिला र बालबालिका विरुद्ध हुने सबै प्रकारका दुरुपयोग, हिंसा र शोषणलाई हटाउन पर्याप्त बजेट विनियोन गरेको हेर्न चाहन्छु । त्यो मेरो दृष्टिकोण हो ।
Street Child of Sierra Leone - Sierra Leone
George Quaker
Head of Operations
म क्तचभभत ऋजष्मि या क्ष्भचचब ीभयलभ को अपरेशनको प्रमुख हुँ । मेरो कामको आधार मेरो आफ्नै पृष्ठभूमि हो । मैले मेरो बुबा गुमाएँ जब म पाँच वर्षको थिएँ। म सडक बालक भएँ र सडकमा दुई बर्ष संघर्ष गरें। व्यक्तिहरूले मलाई सहयोग गरे, सडकबाट उद्दार गरी विद्यालयमा भर्ना समेत गरेँ । जब मैले क्तचभभत ऋजष्मि या क्ष्भचचब ीभयलभ मा १० बर्ष अगाडि स्वयंसेवकको रुपमा काम गर्ने अवसर पाएँ, तब आफूलाई वर्षौंअघि दिएको कुरा फिर्ता दिने अवसर पाएँ । म पछि कर्मचारीको रुपमा कार्यरत भएँ ।
मेरो जिम्मेवारी अब केनेमा, कोनो र किलाहुनमा कार्यक्रम सञ्चालन गर्न सहयोग र समन्वय गर्नु हो । म म्ँक्ष्म् को तीन बर्षे परियोजना च्ष्नजत तय ीभबचल को कार्यान्वयनमा अनुगमनकर्ताको रुपमा काम गर्दछु । यस परियोजनाको मुख्य उद्देश्य प्राथमिक तहमा विद्यालय छोडेका वा माध्यमिक विद्यालयमा पढ्नका लागि श्रोतको कमी भएका बालबालिकाको पहिचान गर्नु हो । यदि यी बालबालिका विद्यालयमा जान इच्छुक छन् र पुनः विद्यालय छोड्ने जोखिमता छैन भने उनीहरुको अध्ययनमा यो परियोजनाले सहयोग गर्दछ । म सडक वा समुदायमा वा आफ्नै घरमा संघर्ष गरिरहेका बालबालिकालाई देख्न चाहन्छु र उनीहरुको योजनामा सहयोग पु¥याई जीवन परिवर्तनका लागि अग्रसर भई सडक, घरपरिवार र समुदायमा आवाज उठाएको हेर्न चाहन्छु । म सबै हातहरूले आज संघर्ष गरिरहेका प्रत्येक बालबालिकालाई भोलीको आशा देखाएको हेर्न चाहन्छु ।
Kelfa Kargbo
Co-founder
म क्तचभभत ऋजष्मि या क्ष्भचचब ीभयलभ को सह संस्थापक हुँ । हाम्रो मुख्य परियोजनाहरू सुविधाविहिन बालबालिकाका लागि गुणस्तरीय र पहुँचयोग्य शिक्षा सुरक्षित वातावरणमा र उचित शिक्षण पद्धतिसहित प्राप्त गर्न सुनिश्चित गर्नु हो । हामी सडक बालबालिकासँग पनि काम गर्छौं, तिनीहरूलाई सडकबाट सुरक्षित र परिवारिक वातावरणमा लैजाने र त्यसपछि शिक्षा प्रदान गर्ने कुरामा जोड दिन्छौँ । हामी दिगो जीविकोपार्जनका कार्यक्रमहरूमा पनि काम गर्छौँ किनभने बालबालिका परिवारबाट अलग हुने र सडकमा आउने प्रमुख कारण गरीबी हो ।
जुन कुरामा म सब भन्दा बढी गर्व गर्दछु त्यो हामीले समुदायमा शुरु गरेको बाल अधिकारको चेतनामुलक कार्य हो । हामी दुर्गम समुदायहरूलाई प्रभाव पार्न सक्षम भएका छौं, विशेष गरी उत्तरी सियरा लियोन जहाँ शिक्षा पूर्ण रूपमा शून्य थियो र बाल विवाहको स्तर एकदम उच्च थियो । हामीले उनीहरूलाई शिक्षाको मूल्य र बालबालिकालाई विद्यालय पठाउने आवश्यकताको बारेमा सचेत गराएका छौं । पहिले कुनै विद्यालय नभएको क्षेत्रमा ३० भन्दा बढी प्राथमिक विद्यालयहरू स्थापना भएका छन् ।
हाम्रो दृष्टिकोणको बारेमा मलाई मनपर्ने कुरा यो हो कि हामी केवल ती बालबालिकाको कल्याणमा असर पार्ने र उनीहरूको अधिकारमा अवरोध हुने मुद्दाहरूको मात्रै पहिचान गर्दैनौं तर हामी एक्लै समाधान गर्न नसक्ने विषयहरुको पनि पहिचान गर्दछौं । जहाँ हामी संस्थागत रूपमा प्रभाव पार्न सक्दैनौं, त्यहाँ अन्य संस्थाहरुसँग मिलेर काम गर्दछौँ जुन काम अधिक राम्रो हुन सक्दछ ।
हामी सहकार्यमा विश्वास गर्छौं र अन्य व्यक्तिहरू उनीहरुको आफ्नो सबल पक्षका साथ आउँछन् । यदि हामी एक साथ भेला भएका छौं भने व्यक्तिगत रूपमा काम गरेको भन्दा ठूलो भिन्नता ल्याउन सक्दछौं । क्तचभभत ऋजष्मि या क्ष्भचचब ीभयलभ को मात्र क्षमता हुन सक्दैन, अन्य संस्थाहरु क्षमताको सहकार्यबाट राम्रो हुन्छ । हामीले काम गरेका बालसंरक्षण र सुरक्षाको सवालमा हामी विशेषज्ञता प्रदान गर्न सक्छौँ । जुन विषयमा सियरा लियोनका अन्य संस्थाहरु संघर्ष गरिरहेका छन् ।
Voice of Children - Nepal
Raju Ghimire
Technical Advisor
म ख्यष्अभ या ऋजष्मिचभल ल्भउब िमा प्राविधिक सल्लाहकार पदमा कार्यरत छु र मेरो दैनिक काम परियोजना गतिविधिहरूको कार्यान्वयन र अनुगमन गर्नु हो । मेरो अन्य मुख्य जिम्मेवारी कर्मचारीलाई बालसंरक्षण र सुरक्षाका विषयमा तालिम प्रदान गर्नु र ति तालिमहरुको समीक्षा गर्नु हो । ख्यष्अभ या ऋजष्मिचभल ल्भउब ि
मा कर्मचारीहरूलाई तालिम दिने र तालिमहरुको पुनरावलोकन गर्ने प्रणाली छ । संस्थामा कर्मचारी नियुक्ती गर्दा उनीहरूलाई बालसंरक्षण र सुरक्षाका बारेका तालिम प्रदान गर्ने प्रणाली छ र ती तालिमलाई कम्तिमा प्रत्येक ६ महिनामा समीक्षा गरिन्छ । त्यसैले म संस्थामा बालसंरक्षण र सुरक्षाको लागि जिम्मेवार छु ।
म विभिन्न गैरसरकारी संस्था र नगरपालिकामा बालसंरक्षणसम्बन्धी तालिमको सहजिकरण गर्दछु । अर्को तर्फ ख्यष्अभ या ऋजष्मिचभल ल्भउब िले म्ँक्ष्म् र ऋजष्मिज्यउभ ग्प् का सहयोगमा शक्ति समुहद्धारा सञ्चालित ऋयmmगलष्तथ ीभबम ब्अतष्यल ब्नबष्लकत ःयमभचल क्बिखभचथ बलम एयखभचतथ ९ऋीब्ःए० परियोजनाको बालसंरक्षणको लागि साझेदार संस्थाको रुपमा पनि कार्य गरेको छ । म यस परियोजनाको लागि जिम्मेवार छु र म ऋीब्ःए परियोजनका कर्मचारीलाई बालसंरक्षण र सुरक्षाका बारेमा तालिम प्रदान गर्दछु । बालसंरक्षणको विषयमा स्थानीय विशेषज्ञको सहयोग लिनु राम्रो हुन्छ किनभने हामी यस समुदायको स्थानीय कुरा र संस्कृति जान्दछौं । उदाहरणका लागि नेपालको दुर्गम क्षेत्रमा ऋीब्ःए परियोजना लागू गरिएको छ र ती क्षेत्रका समुदायमा परम्परागत संस्कृतिको धेरै विविधता छ । स्थानीय मानिसहरू अन्तरराष्ट्रिय परामर्शदाता भन्दा धेरै कुरामा जानकार हुन्छन्।
म १९ बर्षदेखि ख्यष्अभ या ऋजष्मिचभल ल्भउब िमा काम गरिरहेको छु, शुरुमा मैले सामाजिक कार्यकर्ताको रूपमा काम गरेको हो । मैले बालसंरक्षणका क्षेत्रमा काम गर्दा चेतना एकदम कम थियो तर अहिले चेतनाको स्तर धेरै बृद्धि भएको छ । प्रदेश तथा स्थानीय सरकारहरुले पनि बालसंरक्षणमा बजेट विनियोजन गर्न शुरु गरेका छन् । नेपालमा सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको बालअधिकारलाई नयाँ संविधानमा समावेश गर्नु हो । हामीसँग बालबालिकासम्बन्धी राम्रा नीतिहरु र निर्देशिकाहरू छन् तर कार्यान्वयन स्तर धेरै कमजोर छ, त्यसैले नीतिहरू कार्यान्वयनको लागि वकालत गर्नु हाम्रो भूमिका हो । अहिलेको अवस्थामा नीति नियम कार्यान्वयन नै मुख्य चुनौती हो।
Govinda Koirala
Programme Co-ordinator
म ख्यष्अभ या ऋजष्मिचभल ल्भउब िमा सडक बालबालिकाको कार्यक्रममा कार्यक्रम संयोजकको रूपमा काम गर्दैछु । यस कार्यक्रम अन्तर्गत रोकथाम, उद्धार, पुनस्र्थापना र पुनर्मिलन समावेश छन र म यी परियोजनाहरूको लागि जिम्मेवार छु । सडक बालबालिकाको लागि हामीसँग सम्पर्क केन्द्र र सामाजिकरण केन्द्र छ । हामी सरकारी निकायहरुसँगको समन्वयमा बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्दार गर्दछौं र उनीहरूलाई सम्पर्क केन्द्रमा राख्छौं । बालबालिकाको अवस्था सुधार भएपछि परिवार र बालबालिकासँगको सहकार्यमा उनीहरूलाई परिवारमा पुनर्मिलन गर्दछौं।
म ती केन्द्रहरूमा बालसंरक्षण र सुरक्षाको लागि जिम्मेवार छु र बाल यौन दुव्र्यवहार प्रशिक्षकाको रुपमा १० बर्षदेखि कार्यरत छु । दक्षिण—दक्षिणको सञ्जालबाट हामीले बेलायत र अफ्रिकाका संस्थाहरुसँग सम्बन्ध बढाउन सक्षम भएका छौं र हामी बिभिन्न देशहरूमा के भइरहेको छ भन्ने अनुभव सुन्न पाउँछौँ । र यस मार्फत म फरक स्तरमा कार्य गर्न सक्षम छु ।
धेरैजसो बालबालिकासँग काम गरिरहेका संस्थाहरूलाई बालसंरक्षण र सुरक्षाका नीतिहरू बारे थाहा छैन र तिनीहरूले सो बारेमा बुझेका पनि छैनन् कतिपयले नबुझिकन बनाएको पनि पाईएको छ । परामर्शमार्फत हामी उनीहरूसँग काम गर्ने आशा गर्दछौं । तिनीहरूको नीतिहरू समीक्षा गर्न र क्षमता विस्तार गर्नका लागि हामीसँग राम्रो सिप छ । अहिले हाम्रो देशमा नयाँ संविधान र बालबालिका ऐन राम्रो छ । संस्थाले बालबालिका ऐनको कार्यान्वयनलाई स्थानीय स्तरमा नगरपालिकासँग काम गरिरहेको छ । यदि हामी यसलाई व्यवहारिक स्तरमा कार्यान्वयन गर्न सक्षम भयो भने बालसंरक्षण र सुरक्षाका क्षेत्रमा ठूलो उपलब्धि हुनेछ । यो मेरो लागि ठूलो उपलब्धि हो ।