English | Nepalese

सेवाहरू

सबै संस्थाहरुको प्रमुख कर्तव्य बालसंरक्षणको सुनिश्चित गर्दै कामको सिलसिलामा बालबालिका र अन्य व्यक्तिहरुलाई कुनै हानि नहोस भन्ने हो । दक्षिण—दक्षिणको सञ्जालले बालसंरक्षण र सुरक्षाको सम्बन्धमा कार्यक्रमहरुमा आई पर्ने जोखिमताको पहिचान गरी कार्यरत संस्थालाई सो विषयमा परामर्श, तालिम, क्षमता विकासका सेवाहरु प्रदान गर्दछ ।

हाम्रो कार्यमा विशेष गरी निम्न सेवाहरु समावेश भएका छन् ।

संस्थाको सुरक्षा परिक्षण

हामी सम्बन्धित संस्थाहरूको सहभागितामा उनीहरुको बालसंरक्षण र सुरक्षा नीतिको पुनरावलोकन, अवस्था विश्लेषण, नयाँ कार्यमा जोखिमताको लेखाजोखा र बालसंरक्षणको प्रभावकारिताको मापन गर्ने काम गर्दछौँ । हामी मानव श्रोत, बाल संरक्षण र सुरक्षा नीतिहरूको समीक्षा गर्दछौं र ति नीतिहरू अन्तरराष्ट्रिय स्तरमा राम्रो अभ्यासको रुपमा रहेको सुनिश्चित गर्दछौँ । हामी अन्य संस्थाहरुको कामको प्रकृति, क्षेत्रीय अवस्था र देशको सरकारी बाल सुरक्षा प्रणाली अनुसार काम गर्दछौं ।

सुरक्षा नीति र प्रक्रियाहरू

हामी संस्थाहरुको बिशेष कार्यका लागि स्थानीय तथा समय सापेक्ष र सांस्कृतिक रुपमा सान्दर्भिक सुरक्षा रणनीतिहरू, नीतिहरू र निर्देशिकाहरू बनाउन सहयोग गर्दछौँ ।

आजको डिजिटल युगमा बालसंरक्षण र सुरक्षा केन्द्रित रुपमा आएको छ । आपतकालिन अवस्था, अनुसन्धानमा बालबालिकाको तथ्यांक प्रयोग गर्न र तथ्यांक संकलन गर्ने क्रियाकलापहरुमा नीतिगत रुपमा कार्य गर्नुपर्दछ । हामी सामुहिक अनुभवमा आधारित भएर बालसंरक्षणका नीतिहरु सिफारिस गर्ने, लैंगिकता र अपांगता भएका व्यक्तिहरुलाई पाि कार्यक्रममा समावेश गरिन्छ । बालसंरक्षण र सुरक्षाको प्रभावकारी कार्यान्वयन र यसको प्रभाव थाहा पाउन हामी अनुगमन र मुल्यांकनका निर्देशिकाहरू बनाउनका लागि पनि सहयोग गर्दछौँ ।

तालिम, प्रशिक्षण र सल्लाह

हामी बालसंरक्षण र सुरक्षा नीतिहरू बनाउन र यसको अभ्यासको लागि संस्थाका कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा बालसंरक्षण र सुरक्षाको तालिम प्रदान गर्ने र प्रशिक्षक तालिम पनि प्रदान गर्दछौँ । हाम्रो तालिम संस्थाका कार्यसमितिका सदस्यहरु, व्यवस्थापन समितिका टोलीहरु, कर्मचारीहरु र समुदायमा प्रत्यक्ष रुपमा काम गर्नेहरूलाई तयार पारिएको छ । यो तालिम अन्तरराष्ट्रिय मापदण्डको बालसंरक्षण र सुरक्षा आधारित स्थानीय स्तरको व्यवहारिक अनुभवलाई समिश्रण गरी प्रदान गरिन्छ । हामी बालसंरक्षणको सवाल र यसको व्यवसायिक प्रवद्र्धनमा नियमित रुपमा परामर्श र सल्लाह प्रदान गर्न सक्दछौँ ।

सुरक्षित कार्यक्रममा बालबालिकाको सहभागिता

बिभिन्न अनुभवहरुबाट हामीले बालबालिकाको सहभागिताको महत्व बुझेका छौँ र उनीहरुलाई केन्द्रमा राखेर कार्यक्रमहरु बनाउँदा कार्यान्वयन गर्न र त्यसको प्रभावकारिता मापन गर्न सहज हुनुका साथै उनीहरुको जीवनमा परिवर्तन समेत हुन्छ । जुन परिणामहरू उनीहरुको लागि शक्तिशाली भएर रहेका हुन्छन् । हामी संस्थाहरूमा बालसहभागिताको प्रवद्र्धन गर्न उनीहरुको कार्यक्रम विकास, कार्यान्वयन र अनुगमन तथा बालसंरक्षण र सुरक्षा नीतिहरुको अभ्यासमा समेत सहयोग गर्दछौँ ।

उचित व्यवसायिक नीतिहरुको सबलिकरण गर्ने

व्यापार तथा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको निर्देशित सिद्धान्तले मानव अधिकारलाई कायम राख्न व्यवसायको जिम्मेवारी तोकेको छ । बाल अधिकार र व्यवसायका सिद्धान्तहरूले बालबालिकाको अधिकारलाई सहायता गर्न व्यवहारिक मार्गदर्शन प्रदान गर्दछन् । हामी निजी क्षेत्रलाई यस्ता निर्देशिकाको अनुवाद गरेर व्यवहारिक र पहुँचयोग्य बनाई तिनीहरुको व्यवसायमा हानि कम गर्न सहयोग गर्न सक्दछौँ ।

हामीलाई सम्पर्क गर्नुहोस

सम्पर्कमा रहनुहोस ।

+44 (0)20 3559 6504

info@south2southnetwork.com